होसियार, ट्वाइलेट भन्दापनि फोहोर हुन्छ मोबाइल फोन
तर पछिल्लो एक अध्ययनले के देखाएको छ भने हामीले प्रयोग गरिरहने मोबाइल फोन ट्वाइलेट भन्दा पनि फोहोर हुन्छ । मोबाइलबाट ट्वाइलेटमा जस्तो दुर्गन्ध आउँदैन तर एउटा ट्वाइलेट सिटमा भन्दा मोबाइल सेटमा किटाणुको संख्या बढि हुन्छ ।
अमेरिकाको एरिजोना विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार मोबाइल विभिन्न मानिसको हातमा पर्छ र बेलाबेलामा विभिन्न ठाउँमा राखिन्छ पनि । यसो गर्दा हरेक पटक मोबाइल सेटमा नयाँ किटाणु संक्रमित हुने मौका पाउँछ । विद्युतिय सामान भएकाले यसलाई धोइपखाली गर्ने कुरो भएन । त्यसैले मोबाइल सेटमा दिनदिनै किटाणुको संख्या बढिरहन्छ, अर्थात् मोबाइल सेट किटाणुहरुको घर बन्नपुग्छ ।
पटकपटक हात सफा नगरीकनै मोबाइल समाउँदा मात्र होइन फोनमा कुरा गर्दा स्वासको माध्यमले मुखबाट समेत किटाणुहरु मोबाइल सेटमा सरिरहेका हुन्छन् । यसरी मोबाइल सेटमा करोडौँको संख्यामा विभिन्न किटाणुहरु रहेका हुन्छन् जो मध्ये कतिपय हानिकारक समेत हुन्छन्
मोबाइल फोन ट्वाइलेट भन्दा पनि फोहोर हुने यो अध्ययनको निचोडपछि अब विश्वमा मोबाइल लगायतका ग्याजेटहरु धुन मिल्ने वा सफा गर्न मिल्ने कुनै क्लिनिङ प्रडक्टको उत्पादनमा सम्भवतः केही कम्पनीहरु लाग्ने विश्वास गरिएको छ । केही समयअघि पानीले धुन मिल्ने कि बोर्ड उत्पादन भएजस्तै अब पानीले नै सफा गर्न मिल्ने मोबाइल फोनको पनि उत्पादन नहोला भन्न सकिन्न ।
हो, मोबाइल फोन हाम्रो जिवनशैलीको एक अभिन्न हिस्सा बनिरहेको छ । तर यो अभिन्न अंग यतिधेरै फोहोर हुँदोरहेछ की यसले हामीलाई नै गिज्याइरहेको र रोगको खतरा बढाइरहेको हुँदोरहेछ । तर हामीलाई यो कुराको हेक्का हुँदैन । मोबाइल फोनलाई साँगोपाँगो सफा गर्न मिल्ने कुरो भएन तर बेलाबेलामा यसको खोल फेरिरहने, बाहिरी भागमा ओसिलो कपडाले पुछ्ने तथा भित्री भागमा समेत ब्रसले सफा गर्नु उपयुक्त हुन्छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें