बुधवार, 3 अक्टूबर 2012

ज्यान हत्केलामा राखेर गुडिरहेका २ ट्रककाबीच डोरीमा हिड्ने युवती..... (भिडियो सहित)


ज्यान हत्केलामा राखेर गुडिरहेका २ ट्रककाबीच डोरीमा हिड्ने युवती..... (भिडियो सहित)

Watch Video Clip (भिडियो हेर्नुहोस्)

World record-holding highliner Faith Dickey battles to cross the line between two speeding trucks. Will she make it? Please like, share and comment! World premiere of the new Volvo FH Sept 5, live at www.volvotrucks.com/fh The stunt was set up to show the precise handling of the new Volvo FH. Filmed on an unopened highway in Croatia in cooperation with Hollywood stunt director Peter Pedrero (James Bond, Harry Potter, Pirates of the Caribbean.) Directed by Academy Award nominee Henry Alex Rubin. Music by J. Ralph / The Rumor Mill.

एजेन्सी, भाद्र ११ । विश्वका कयौं देशमा लामो यात्रा गराउने गाडीका रुपमा चर्चित वोल्वो गाडी कर्पोरेशनले हालै आफ्नो नयाँ ट्रकको लागि एक विज्ञापन बनाएको छ । जसलाई हेरेर जोकसैको मुटु काप्न सक्छ ।

कम्पनीले ती ट्रकका विज्ञापनको लागि एक खतरनाक स्टन्टको सहारा लिएको छ । उक्त विज्ञापनका लागि फैथ डिकनी नामक युवतीले २ गुडिरहेको ट्रकको माथी बाँधिएको डोरीमा हिडेकी छिन् । डिकनी ट्रक गुडिरहेको समयमा उक्त डोरीमा हिड्छिन् र एक ट्रकबाट अर्को ट्रकमा पुग्छिन् । उक्त समयमा ट्रक भने ८० माईल प्रतिघण्टामा दौडिरहेको जनाइएको छ ।

कम्पनीले यस विज्ञापनको भिडियोलाई १५ अगस्टका दिन युट्युवमा अपलोड गरेको थियो । हालसम्म ४३ लाख मानिसले यस भिडियोलाई हेरिसकेका छन् । यस स्टन्टलाई हलिउडका प्रसिद्ध स्टन्ट निर्देशक पिटर पेडरेरोले निर्देशन गरेका हुन् ।

उक्त ट्रकको यस डरलाग्दो भिडियो क्रोएसियाको एक बन्द राजमार्गमा सुटिङ गरेको जनाइएको छ । सुटिङका दौरान हुन सक्ने खतरालाई मध्यनजर गर्दै डाक्टरहरुको टोली समेत सुटिङस्थलमा उपस्थित गराइएको भिडियो देख्न सकिन्छ ।

Watch Video Clip (भिडियो हेर्नुहोस्)

विचित्र संसार: आफ्नै छोरीलाई यौन सम्पर्क गर्न उक्साउने बाबुआमाको चलन (भिडियो हेर्नुहोस्)


विचित्र संसार: आफ्नै छोरीलाई यौन सम्पर्क गर्न उक्साउने बाबुआमाको चलन (भिडियो हेर्नुहोस्)

Watch Video Clip (भिडियो हेर्नुहोस्)

बिश्वका कयौ देशमा आज पनि बिबाह अघि यौन सम्बन्ध बनाउन सामाजिक मूल्य र मान्यता बिपरित हुन्छ | कुनै पनि बाबु आमा चाहन्नन् कि उनीहरुको छोरीको बिहे भन्दा अघि कसै संग शारीरिक सम्बन्ध होस् |
तर कम्बोडियामा एउटा यस्तो गाउँ छ जहाँ आफ्नो छोरीलाई यौन सम्पर्क गर्नको बाबु आमा नै उक्साउछन् | बाबु आमाले नै छोरी अरु संग सम्बन्ध राखोस भन्ने चाहन्छन र छोरीको लागि छुट्टै झुपडी( सम्भोग घर , लब हट)बनाइदिने गर्दछन जसले गर्दा छोरी अरु संग रात बिताउन सकोस |

जानकारी अनुसार देशको उत्तर पश्चिममा रहेको रियांग आदिवासी समुदायमा महिलाहरुलाइ जति पनि पुरुष संग यौन सम्बन्ध राख्न छुट छ | उनीहरुको बिश्वाश छ कि जति धेरै जना संग यौन सबन्ध राख्यो त्यति नै महिलाहरुको शारीरिक बिकाश राम्रो हुन्छ | त्यसैले बाबुआमाले नै छोरीलाई झुपडी( Love Hut) बनाइदिन्छन र छोरीलाई उक्त झुपडीमा रात बिताउन र आफ्नो मन पने केटा संग यौनक्रीडा गर्न छुट दिन्छन |

पहिला यहा धेरै पुरुष संग यौन गर्ने र आफ्नो श्रीमान छान्ने परम्परा थियो | यहाको सम्भोग गरेर लोग्ने खोज्ने यो परम्परा नै यहाका बासिन्दालाइ धेरै राम्रो लाग्थ्यो | यस्सरी धेरै जना संग यौन सम्पर्क गर्दा गर्भ बस्दथ्यो र गर्भ बसेको थाहा भएपछि रक्सिमा कन्सुत्लो (centipede ) मिलाई ककटेल(cocktail ) बनाउथे र त्यहि खुवाएर गर्भ तुहाउने गर्दथे |

तर अहिले समय निक्कै बदलिएको छ | त्यहाका बाबु आमाले त्यो पुरानो रिति कायमै राखे पनि अब गर्भ तुहाउने काम गर्नु भन्दा छोरीहरुलाई त्यो घर मा नै कण्डम प्याकेटको व्यवस्था गरिदिने गर्दछन |
१७ बर्षकी नाङ चान (Nang Chan) आफ्नो मातापिताको घर पछाडिको पिरतिको झुपडीमा बस्छिन् | उनि भन्छन कम उमेरमै आफुले मन पराएको केटा संग सम्भोग गर्न पाउनु भनेको अरु महिला जत्तिकै ससक्त हुनु हो|

"यो झुपडी हामीलाई स्वतन्त्रता प्रदान गर्नको लागि निक्कै राम्रो तरिका बनेको छ, जसको कारणले हामीले आफ्नो सच्चा प्रेमी पत्त लगाउन सक्छौं | यहि कोहि बिशेष व्यक्ति भेटियो भने हामी एक अर्कासंग प्रेम गर्छौ, र त्यहि झुपडीमा सम्भोग गर्छौ " 

Watch Video Clip (भिडियो हेर्नुहोस्)


प्रचण्ड पुत्र प्रकाशको अर्को रहस्यको पर्दाफास

Watch Video Clip (भिडियो हेर्नुहोस्)


 जेठी छोडियो, माइलीले कुट्न थालि, कान्छी भित्र्याएँ /  दोस्री पत्नि सृजनाको कुटाईले अर्को विहे गरेको कथन 

१७ असोज, काठमाण्डौ । केही महिना अगाडी तेस्रो विवाह गरेर भारत पसेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एक मात्र पुत्र प्रकाश दाहालको अर्को रहस्य खुलेको छ । प्रचण्ड पुत्र प्रकाशले घरमा रहेकी दोस्री पत्नि सृजना त्रिपाठीको कुटाई र पत्निबाट पाएका यातनाहरुले गर्दा नै विद्यार्थी नेतृ विना मगरसँग तेस्रो विवाह गर्नुपरेको दावी गरेका छन् ।

प्रकाशले सृजनाको अर्को परपुरुषसँग प्रेम सम्वन्ध रहेको र आफुलाई भन्दा अर्को ब्यक्तिलाई माया गर्ने गरेको आरोप पनि लगाएका छन् । उनले दोस्रो पत्नि सृजनाले लुकीछिपी पूर्वप्रमीसँग सम्वन्ध राख्दै आएको पनि आरोप लगाएका छन् । प्रकाशले सृजनाको परपुरुषसँग प्रेम सम्वन्ध रहेको जनाउदै सम्वन्ध विच्छेद गर्न बुबा प्रचण्ड र आमा समक्ष प्रस्ताव गरेको भए पनि परिवारको दवाबकै कारण सम्वन्ध विच्छेद नभएकाले पनि आफु मानसिक तनावमा रहदै आएको र मदिराको तलमा परेको पनि खुलशा गरेका छन् ।

जनआस्था साप्ताहीकमा प्रकाशित समाचार अनुसार प्रचण्ड पुत्र प्रकाशले आफ्नी कान्छी दिदी गंगालाई दोस्री पत्नि सृजनाले आफुलाई पटक पटक भौतिक आक्रमण गर्ने, चिर्थोने, अनावस्यक मानसिक दवाव दिने जस्ता गतिविधी गरेकोले तेस्रो विवाह गर्न वाध्य भएको वताएका छन् । तर प्रकाशको कुरालाई धेरैले चालबालीका रुपमा लिएका छन् । प्रकाशले यस भन्दा अगाडी आफ्नी पहिली पन्ति माओवादी नेता पोष्टबहादुर बोगटिकी छोरी प्रभा बोगटीसँग सम्वन्ध विच्छेद गर्दा पनि यस्तै चालवाजी रचेका थिए । प्रभासँग सम्वन्ध विच्छेद गर्दा प्रकाशले प्रभालाई तेस्रो लिंगीको आरोप लगाएको जनआस्थाको समाचारमा उल्लेख छ । प्रभासँगको सम्वन्ध विच्छेद पछि प्रकाशले आफ्नै आमाको सहयोगमा सृजनासँग मागि विवाह गरेका थिए ।

आफ्नो तेस्रो विवाहलाई बुबा प्रचण्ड र आमा सितासहित परिवारले अस्वीकार गरेर घर फर्कने अवस्था नभएमा प्रकाशले सार्वजानीकरुपमै आफ्ना कुराहरुको पर्दापास गर्ने चेतावनी दिदी गंगामार्फत पठाएको बताइएको छ । छोरा प्रकाशको चेतावनी पछि माओवादी अध्यक्ष प्रचण्ड गत हप्ता माईली वुहारी सृजना र उनका माईतीसँग कुरा मिलाउन पोखरा गएका थिए । तर बुहारी सृजना र उनका माईती पक्षले प्रचण्डले राखेको सम्वन्ध विच्छेदको प्रस्तावलाई अस्वीकार गरेको बताइएको छ ।

प्रकाशलाई अनेक तवरबाट सहयोग गर्दै आएकी उनकी कान्छी दिदी गंगा पनि १३ वर्षिया छोरी छाडेर दोस्रो विवाह गरेकी हुन् । गंगाले भारत सिलगुडीका नारायण प्रधानसँग पहिलो विवाह गरेकी गंगाले केही समय अगाडी आफु भन्दा पाँच वर्ष कान्छा जीवन आचार्यसँग दोस्रो विवाह गरेकी थिईन । आफुले पनि दोस्रो विवाह गरेकोले भाईको पिरमर्का बुझाउन सजीलो हुने भएकोले गंगाले अहिले माईती पक्षसँग प्रकाशलाई नेपाल भित्राउने प्रयास गरेकी छन् । गंगाले माइली भाई वुहारी सृजनालाई सम्वन्ध विच्छेद गराएर सृजनाको माईती घर पोखरामै राख्ने र नयाँ भाई वुहारी विना मगर सहित प्रकाशलाई घरमा वस्ने ब्यवस्था मिलाउन गंगाले माईतीलाई दवाब हालेको जनआस्थाले समाचार छापेको छ ।

Watch Video Clip (भिडियो हेर्नुहोस्)

पुरानी पत्नीसित मजा हुँदैन भनी भाषण गर्ने मन्त्रीविरुद्ध मुद्दा


पुरानी पत्नीसित मजा हुँदैन भनी भाषण गर्ने मन्त्रीविरुद्ध मुद्दा



पत्नी पुरानी हुँदै गएपछि मजा नआउने भन्दै भाषण गर्ने भारतका कोइला मन्त्री श्रीप्रकाश जैसवालविरुद्ध महिला अधिकारकर्मीले मुद्दा दायर गरेका छन्।महिलाप्रति भेदभाव हुने भाषण गरेको विरोधमा एनजिओ चलाइरहेकी महिला अधिकारकर्मी अनिता दुआले मानहानी र सार्वजनिक रुपमा अश्लील भाषण गरेको आरोप लगाउँदै अदालत गएकी हुन्। प्रमाणका रुपमा उनले समाचारपत्रहरुको कटिङ संलग्न गरेकी छिन्। भारतले आइतबार पाकिस्तानसँग विश्व टी-२० जितेको खुसीमा ६८ वर्षका मन्त्रीले कानपुरको महिला कलेजमा भएको कार्यक्रममा हिन्दीमा यसो भनेको सुनिएको थियो (नेपाली अनुवाद) - 'नयाँ-नयाँ जीत र नयाँ नयाँ विवाह, यसको आफ्नै अलग महत्त्व हुन्छ...जति जति समय बित्दै जान्छ....जीतको यादहरु पुरनो हुँदै जानेछ; जसै समय बित्दै जान्छ, पत्नी पुरानी हुँदै जान्छिन्, त्यो मजा बाँकी रहँदैन। मानहानीको आरोपमा दोषी ठहर भएमा मन्त्रीलाई बढीमा दुई वर्ष कैद सजाय हुनेछ। अश्लील प्रतिक्रियामा दोषी ठहर भएमा उनले बढीमा तीन कैद भोग्नुपर्ने हुनसक्छ।मन्त्रीले आफ्नो भाषणको बीचबाट शब्दहरु जानाजान मेटाएर त्यसो गरिएको दावी गर्दै घटनालाई राजनीतिक रङ्ग दिइएको बताएका छन्। उनले कसैको भावनामा ठेस पुगेको भए माफी माग्छु समेत भनिसकेका छन्। विपक्षी भारतीय जनता पार्टीले मुद्दा उठाएपछि यसले ठूलो रुप लिएको हो। 

डर लाग्छ दाई !

डर लाग्छ दाई ! 

“डर लागिरहेको छ मलाई ? कसरी भनुँ ? कहाँबाट शुरु गरु ? खै थाहा छैन मैले जे भन्न गईरहेको छु तपाईलाई कस्तो लाग्ला भनेर ? यो कुरा मैले कसैलाई पनि भनेको छैन। ”

यो आवाज एकजना बहिनीको हो जसलाई मैले आफनो सुनसरीको कार्यक्षेत्रमा जाँदा भेटेको थिए । म लगायत मसँग नै काम गर्ने साथी पनि सुनसरी जानु भएको थियो र हामीले त्यहाँ सुनसरीमा यौन दुव्र्यवहार सम्बन्धि कार्यशाला संचालन गर्नु थियो केटी साथीसँग मात्र । उहाँहरुसँग एक दिनको कार्यशाला गर्दा उहाँहरुले घरमा, मन्दिरमा, सिनेमाहलमा, गाडीमा, स्कूलमा, सार्वजनिक स्थानमा भोग्नु परेको यौन दुव्र्यवहारका कुराहरु बताउनु भयो र त्यसबाट बच्न के कस्ता उपायहरु निकाल्न सकिन्छ भनेर पनि उहाँहरुबाट नै उहाँहरुको बिचारहरु लिएका थियौ ।

जम्मा ४५ जना सहभागी मध्ये धेरै जनाले यौन दुव्र्यवहार सर, साथी, आफन्त र नचिनेको व्यक्तिबाट भोग्नु भएको कुरा गर्नु भएको थियो । उहाँहरु मध्ये एकजना बहिनी बोल्न खोज्दै चुप लागेर बसिरहेको देखिरहेको थिए मैले तर उहाँलाई बोल्न मन नलागेसम्म जबरजस्ति बोलाउन मिल्दैनथ्यो किनकी त्यो उहाँको अधिकार हो बोल्ने कि नबोल्ने र आफनो कथा सुनाउने भनेर । कार्यशालाको अन्तिम क्षण्मा हामीले केहि केटी साथीको भिडियो पनि खिच्नु पर्ने थियो । त्यहि भएर मैले सबैजनालाई भिडीयोको लागि उहाँहरुको अनुमति मागे र ६ जना साथीले आफनो कथा सुनाउने ईच्छा व्यक्त गर्नु भयो र ति ६ जना मध्ये त्यो चुप लागेर बसिरहेको बहिनी पनि हुनुहुन्थ्यो र उहाँले आफनो कथा भन्न ईच्छा गर्नु भएको देखेर खुशी पनि लागिरहेको थियो । मसँग जानु भएको साथीले बाहिर गएर पालै पालो उहाँहरुको कथा रेकर्ड गरिरहनु भएको थियो म चाँहि अरु केटी साथीसँग कुराकानी गर्नमा व्यस्त थिए । यतिकैमा मेरो साथी आएर एकजना बहिनीले त बोल्नै सकिन भनेर भन्यो । मैले सोधे कुन बहिनीले ? त्यहि बहिनी जो चुप लागेर बसिरहेको थिई नि हो उसले बोल्नै सकिन ? मैले त्यो बहिनीलाई भेटेर कुरा बुझने कोशिस गरे तर बहिनीले मेरो फोन नम्बर मागेर म तपाईलाई कल गर्छु अनि भोली भन्छु भनेर बिदा भई ।

हामी पनि कार्यक्रम सकाएर होटलतिर लाग्यौ । होटलमा पुगेर जिऊलाई बिसाए तर मनमा त्यहि बहिनीको कुरा खेलिरहेको थियो । के कुरा होला त्यस्तो जुन कुरा उनले भन्न सकिनन ? के घटना घटेको थियो होला ? के भएको छ होला ? यस्तै यस्तै कुरा सोच्दै थिए र मसँग आएका साथीले बाहिर घुम्न जाने कुरा ल्यायो । हामी बाहिर घुम्न गयौ गोर्खा डिर्पाटमेन्छ हेर्यो तर मनमा अझै त्यहि बहिनीको कुरा खेलिरहेको थियो । के भएको छ होला भनेर ?

कार्यक्रमले गर्दा दिनभरी बोलेकोले गर्दा थकाई उतकै लागिरहेको थियो र खाना खाएर सुत्न लागे । कतिखेर निदाएछु थाहै भएन ।

एक बिहानै बिहानै ६ बजे मेरो मोबाइलमा एउटा नचिनेको नम्बरले फोन गर्यो । निँद्राकै झोकमा मैले फोन उठाए । फोन उठाएपछि थाहा भयो कि त्यहि बहिनी हो भनेर । उनले मलाई भेटेर आफनो कुरा सुनाउने कुरा गरि र त्यहि दिन गोर्खा डिर्पाटमेन्ट अगाडी घेटने कुरा तय भयो । फोन राखेर फेरी सुते म ।

हामी दुईजना अनि हाम्रो ईटहरीमा बसेर काम गर्ने साथी गोर्खा डिर्पाटमेन्ट अगाडी त्यो बहिनीलाई कुरेर बस्यौ । करीब १५ मिनेट कुरी सके पछि बहिनी आईपुगी र उहाँको कुरा सुन्नको लागि ईटहरीमा भएको हाम्रो कार्यलय तिर लाग्यो ।

कार्यलयमा पनि पुगियो तर कुरा कसरी शुरु गर्ने होला भनेर सोचीरहेको थिए म ? त्यहि भएर होला पहिला त्यो बहिनीको परिवार, पढाई देखि लिएर सामान्य कुराबाट शुरु गयौृ हामीले कुराकानी । त्यसपछि बिस्तारै उसको के कुरा हो त ? कसलाई सुनाउँन मन लागेको छ भनेर सोध्यौ तर केहि बोलिनन् । अनि एकजना साथीले ऊ दाईसँग कुरा गर्न मन छ हो भनेर सोधे पछि मलाई हेरेर मुसुक्क हाँसिन । त्यसपछि उसको कुराको गोप्यनियताको लागि अर्को दुईजना साथीलाई बाहिर पठाएर ऊसँग कुरा गर्न थाले म । बिस्तारै उसले आफनो कुरा शुरु गरिन । उसको पहिलो बाक्य यस्तो थियो ।

“दाई ! अहिले सम्म मैले यो कुरा कसैलाई भनेको छैन तपाईलाई मात्र भनिरहेको हो ।”

मनमनै खुशी लाग्यो तर खुशी व्यक्त गरिन किनकी डर थियो अहिलेको खुशी एकछिनमा कतै रोदमा परिणत पो हुने हो कि ? उनले फेरी बोल्न शुरु गरिन ।

“दाई ! मलाई एकदमै डर लाग्छ । म एकदमै बिरामी पनि छु । टाउको एकदमै दुख्छ दाई । मलाई एकदमै टेनसन हुन्छ दाई । मलाई त पछि गएर मेरो दिमागले काम गदैृन कि जस्तो लाग्छ । म त खुस्किन्छु कि जस्तो लाग्छ । दाई ! मलाई मेरो आफनै दाईले गर्नु गर्यो दाई । तर म कसैलाई यो कुरा भन्न सक्दिन र केहि गर्न पनि सक्दिन । म प्राय बिरामी परिरहन्थे र दिदीकोमा बसेर पढदै गर्थे । एकदिन मेरो आफनै काकाको छोराले मलाई भेटन आउँ न बहिनी एकदमै भेटन मन लागेको छ भनेर बोलाउँनु भयो तर मैले म बिरामी छु कसरी आउनु भनेर आउँदिन भनि तर दाईले कर गरि नै राख्नु भयो । त्यसपछि दिदीले पनि तलाई भेटन मन लागेको होला जा न त के भयो र भनेर भन्नु भयो अनि म बिरामी भए पनि रिक्सा चढेर दाई बस्ने कोठातिर लागे । दाई पनि कोठा लिएर बस्नु हुन्थ्यो । दाईकोमा पुगे अनि दाईले चिया खान्छौ भनेर सोध्नु भयो । मैले नाई दाई म बिरामी छु केहि पनि खान्न भने । दाईले फेरी मलाई त्यसो भए फलफुल खान्छौ त भनेर भन्नु भयो र जबरजस्ती अँगुर खान भन्नु भयो । मलाई अँगुर मन नपरे पनि दाईको मन राखिदिन अँगुर खाए ।

त्यसपछि मैले अब म जान्छु भनेर भनेपछि दाईले भर्खर त आएकी छौ एकछिन बस न बरु फिलीम हेछौृ भनेर फिलीम लाउनु भयो । मलाई फिलीममा पनि त्यति चाँसो नभएकोले मैले दाईलाई म जान्छु तपाई नै फिलीम हेरेर बस्नु भनेर भने तर दाईले हया बस न भनेर कोठाको चुलुक लगाउनु भयो । मैले आतिएर किन चुलुक लगाउनु भएको दाई भनेर सोधे । उहाँले अरुहरु आउँछन अनि हल्ला गरेर फिलीम हेर्न दिदैन भनेर भन्नु भयो । अनि मेरो नजिक आएर बस्नु भयो र मलाई तँ कति बिरामी पर्छस् है भनेर माया गरेको जस्तो गर्न थाल्नु भयो । मैले नगर्नु न मलाई मन पर्दैन म जान्छु भनिराखे तर उहाँले मान्नु नै भएन र मसँग दाई जस्तो मान्छेले गर्न नहुने कुरा गर्नु भयो । मसँग जबरजस्ती गर्नु भयो । म धेरै रोए कराए कुटे तर टिभीको आवाले मेरो चिच्याई बाहिर गएन । त्यसपछि दाईले उल्टो मलाई यो कुरा अरुलाई भनिस् भने तलाई मारि दिन्छु भनेर धम्की दिनु भयो । म धेरै बेर रोएर घर फर्के । कसैलाई केहि भन्न सकिन । १ महिना पछि म गर्भवती भएको कुरा चाल पाए अनि त्यो दाईलाई तैले मलाई यस्तो गरिस् तर म अब के गरु भन त ? मलाई गर्भपतन गर्न सहयोग गर भने तर उल्टै मलाई जे गर्नु छ गर भनेर भन्नु भयो । मैले लुकि लुकि गर्भपतन गराए । मैले मेरो १२ को जाँच पनि दिन सकिन । अहिले पनि उसले मलाई कहिल्यै काँहि फोन गरेर भेटन आईज भन्छ तर मलाई त्यो मान्छेको अनुहार हेर्यो कि घृणा लागेर आउँछ । घरको मान्छेको अगाडी पनि मलाई एकदमै माया गरेको जस्तो गर्छ तर म केहि गर्न सक्दिन । दाई म केहि गर्न सक्दिन ।”


यति भनिसके पछि बहिनी चुप लागेर आँसु पुछन थालिन भने म अवाक भए । ४– ५ सेकेन्डको लागि शुन्यता छाएको जस्तो भयो । त्यो बहिनीले आफनो कथा एक सासमा मलाई बताई तर एकचोटी पनि मतिर हेर्न सकिन्न । लाग्थ्यो उनि कसैसँग आँखा जुधाउँन पनि डराईरहेकी थिई ।

“कति भयो यो घटना घटेको । ” 

“उनले उतर दिईन ४ महिना मात्र भयो दाई । मैले फेरी सोधे । ” 

“यसको बारेमा किन आफनो घरमा कसैलाई नभनेको त ?” 

“दाई मेरो आमाको प्रेसर लो छ र बाबाको प्रेसर हाई छ । यदि यो कुरा उहाँहरुले सुन्नु भयो भने मेरो आमा मर्छिन र बाबा पनि । अरु परिवारको सदस्यले थाहा पाए भने म घरबाट निक्लिनु पर्छ, मेरै गल्ति हो भनेर दोष लगाउँछन, अनि म मर्नु बाहेक अरु केहि बिकल्प हुँदैन दाई । म केहि गर्नै सक्दिन दाई । म केहि पनि गर्न सक्दिन” 

“अनि तिमी यस्तो टेन्सन लिएर बसिरहेको छौ ऊ चाँहि खुशी खुशी भएर हिडीरहेको देख्न सक्छौ त ? उसले अपराध गरे पनि आनन्दले घुम्न पाउने अनि तिमीलाई चाँहि यस्तो भएता पनि सहनु पर्ने ? तिमीले त कानुनी सहायता लिनु पर्छ बहिनी । आफनो घरमा भएको आफनो कुरा बुझने मान्छेलाई, दिदीलाई भनि हेर न के थाहा तिमीलाई सहयोग गर्नु हुन्छ कि ?” 
“नाई दाई म यस्तो गर्न सक्दिन । मेरो आमा मर्नु हुन्छ दाई । म केहि पनि गर्न सक्दिन कसैलाई पनि भन्न सक्दिन ।” 
“त्यसो भए के तिमी यो घटनाले जिवनभरी दुखि भएर बस्छौ त ? के यो कुरालाई तिमीले भुल्न सक्छौ त ?” 
“त्यो त कहाँ भुल्न सक्छु र दाई तर म केहि पनि गर्नै सक्दिन” 
अब के भन्ने भन्ने हुन थाल्यो मलाई ? किनकी त्यो बहिनीमा आफनो अधिकारको लागि लड्ने आँट आत्मबिश्वास सबै हराएर गईसकेको थियो । आफन्त गुमाउनु पर्ने, समाजबाट बहिष्कार हुने डर, यस्ता धेरै कारणले गर्दा आफनो पिडा लुकाएर नै बस्न बाध्य थिई त्यो बहिनी । उसको आत्मबिश्वासलाई उसको नै आफनै आफन्तले क्षतबिक्षेत पारि दिईसकेको थियो । उसलाई धमिराले काठलाई खोक्रो बनाए जस्तै ऊ पनि डर र बिश्वासघातले भित्रभित्रै खोक्रो भईसकेकी थिई । 

मैले पुन सोधे “हेर बहिनी ! जब सम्म तिमी आफनो लागि लड्दैनौ तब सम्म कसैले पनि तिमीलाई साथ दिन सक्दैन । तिमीले आफनो अधिकारको लागि आफै बोल्नु पर्छ र त्यो व्यक्तिलाई सजाँय दिलाउँन प्रयत्न गर्नुपर्छ । घर जाउँ अनि एकचोटी फेरी ठण्डा दिमागले सोच कि के गर्ने भनेर ? यसरी नै जहिलेको पिडा सहेर बस्ने कि ? त्यो व्यक्तिसँग आफु माथी भएको दुव्र्यवहारको लागि लडने हो ? त्यो तिमीमै भर पर्छ तर तिमीले जस्तो निर्णय गरे पनि आफनो पढाई र अरु प्राथमिकताको कुरा चाँहि नछोड । आफुलाई बनाउँदै लग । के लक्ष्य लिएर हिडेकी छौ त्यो पुरा गर्नको लागि के गर्नुपर्छ आफुलाई तैयार बनाउँदै लैजाउ तर हार नमान । जित एकदिन तिम्रै हुन्छ ।”

“हुन्छ दाई ! म घर गएर यसको बारेमा सोच्छु तर डर लाग्छ दाई ।”

“नडराउँ हामी छौ नि तिमीलाई साथ दिनको लागि बरु जहिले जे कुराको लागि सहयोग चाहिन्छ वा सल्लाह चाहिन्छ मलाई फोन गर्नु”

यति भनिसकेर बहिनी आर.जेको टेनिङ्गमा जानु छ भनेर बिदा मागेर गई । म स्तब्ध थिए । आफुले कहिले पनि सोच्दै नसोचेको मान्छेबाट यस्तो हुन्छ भनेर कसले कल्पना गरेको हुन्छ र ? यि बहिनीले पनि कहिल्यै पो सोचेको थिई होला र कि ? आफनै दाईबाट बलात्कारको सिकार हुनुपर्छ होला भनेर । त्यो बहिनीसँग कुराकानी गरियो उसको कथा पनि सुनियो तर नाम भने सोध्नै पाईएन । त्यो बहिनीले के निर्णय लिई होला ? के गर्ने बिचार गरिहोला भनेर अहिले पनि मनमा अनेक कुराहरु खेल्छन र उसलाई चाँडै फोन गर्ने बिचारमा छु । तर यौन दुव्र्यवहार र बलात्कार जहाँकहि पनि हुन सक्छ । जो कोहिले पनि गर्न सक्छ । त्यहि भएर सतर्क होऊ, प्रतिकार गरौं र सुरक्षित रहौ ।