katha, kabita,muktak,chutkila,naya taja news haru ko sangalo garna khojeko matra hu anyatha nalinu hola
सोमवार, 1 अक्टूबर 2012
०० सहरियाको मुटु जोखिममा ००
०० सहरियाको मुटु जोखिममा ००
पत्याउनुहुन्छ, नेपालको एक चौथाइ युवा जनसंख्यामा उच्च रक्तचाप छ । यो समस्या उमेरसँगै बढ्दो क्रममा छ । अर्थात्, सहरिया जीवनशैली मुटु रोगको कारक जस्तै भएको छ । यति मात्र नभई, उच्च रक्तचाप भएका ६० प्रतिशत नेपालीलाई आफू उच्च रक्तचापबाट पीडित रहेको थाहा समेत छैन ।
जीवनशैली सम्बन्धी सकारात्मक परिवर्तन, तनाव नियन्त्रण, नियमित व्यायाम र उपयुक्त आहारले मुटु रोग, हृदयाघात हुने सम्भावनामा निकै कमी ल्याउने विशेषज्ञहरू बताउँछन् । '१८ वर्षमाथिका २० देखि २५ प्रतिशतसम्म युवा जनसंख्यामा उच्च रक्तचापको समस्या छ,' सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका मुटु रोग विशेषज्ञ डा. दिवाकर शर्मा केही वर्षअघि केन्द्रले गरेको अध्ययनलाई औंल्याउँदै भन्छन्, 'उनीहरूमा यो समस्या उमेरसँगै बढ्दो क्रममा छ ।' ६० प्रतिशत नेपाली आफू उच्च रक्तचापबाट पीडित रहेको समेत थाहा नभएको उनी बताउँछन् ।
विगत केही वर्षमा सहरी क्षेत्रमा आर्थिक सम्पन्नता, आधुनिकीकरण लगायत कारणले नेपाली समाजको जीवन शैलीमा व्यापक परिवर्तन आएको छ । साथै मुटु रोगमा समेत वृद्घि देखिएको ठम्याइ केन्द्रकै निर्देशक डा. मनबहादुर केसी गर्छन् । उनका अनुसार, शारीरिक व्यायामको अभाव, निष्त्रिmय जीवन शैली, अत्यधिक तनाव र खानपानको नराम्रो बानीले नेपालको सहरी क्षेत्रमा मुटु रोगको खतरा निम्तिरहेको छ । 'सहरी क्षेत्रमा अत्यन्त तनाव छ, तीव्र प्रतिस्पर्धाले समेत उच्च रक्तचाप निम्त्याइरहेको छ,' उनी भन्छन्, 'सम्पन्नता मात्र नभई सहरिया क्षेत्रमा भएको चरम विपन्नताले समेत यस्ता वर्गमा उच्च रक्तचापको समस्या बढाउँदै छ ।'
'युवालाई आपmनो स्वास्थ्यबारे सोच्ने समेत फुर्सत छैन,' नर्भिक इन्टरनेसनल हस्पिटलका मुटु रोग विशेषज्ञ डा. भारत रावत भन्छन्, 'युवाहरूमा तनाव अत्यन्त बढेको छ । उनीहरू बाहिरको अस्वस्थकर खानामा निर्भर छन् । धूमपान, मद्यपानको फेसन हुनुका साथै सकारात्मक जीवन शैलीको अभाव मुटुलाई थेग्नुपर्दा यस्तो स्थिति देखिएको हो ।'
सहरी क्षेत्रमा समेत उच्च रक्तचाप भएकाहरू आफ्नो शारीरिक अवस्थाबाट अनभिज्ञ रहेको स्थिति छ । 'उच्च रक्तचाप भएकाहरूमध्ये २६ प्रतिशतले उपचार गराउने अध्ययन छ,' डा. शर्मा भन्छन्, 'उपचार गराउनेहरूमध्ये मात्र ६ प्रतिशतको रक्तचाप नियन्त्रणमा छ ।'
अनियन्त्रित उच्च रक्तचाप हाल सहरी क्षेत्रमा देखिने गरिएको ब्रेन एट्याक अर्थात् मस्तिष्काघातको यही प्रमुख कारण रहेको उल्लेख गर्दै डा. शर्मा उच्च रक्तचापका रोगीहरूमध्ये ९४ प्रतिशतको रक्तचाप नियन्त्रणमा नरहेको दुःखद् स्थिति उनी औंल्याउँछन् ।
१८ वर्षदेखि ३० वर्षसम्मका नेपालीले तीन वर्षदेखि पाँच वर्षमा एक पटक मुटु रोग विशेषज्ञसँग जचाउनुपर्ने डा. शर्मा बताउँछन् । यस्तै, ३० देखि ४० वर्षकाहरूले वर्षेनि र ४० वर्षमाथिकाले भने प्रत्येक तीन/चार महिनामा आपmनो रक्तचाप जचाउँदै गर्नुपर्ने उनको सल्लाह छ ।
भोजन, व्यायाम, मोटोपना, तनाव लगायत कारक तत्त्वलाई वैज्ञानिक तवरले नियन्त्रित गरेर मुटु रोगको जोखिममा आधाभन्दा कम गर्न सकिने डा. केसी बताउँछन् ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनील उच्च रक्तचापको जोखिममा रहेका सहरियाहरूलाई खानपानमा समेत विशेष ध्यान दिनुपर्ने बताउँछन् ।
पोटासियम युक्त खानेकुराले रक्तचापलाई घटाउने भएकोले सुन्तला, कागती, मौसम, केरा जस्ता उच्च पोटासियमयुक्त फलफूलहरू रक्तचाप पीडितका लागि लाभदायक हुने डा. ओम बताउँछन् । 'उच्च रक्तचाप भएकाहरूले धूमपान र मदिरा सेवन पटक्कै गर्नुहुन्न,' उनी भन्छन्, 'हामीकहाँ पुग्ने मस्तिष्काघातका अधिकांश पीडितहरूमा उच्च रक्तचापसँगै उनीहरू मदिरा सेवन गर्ने गरेका पाइन्छन् ।'
खानामा नुन थपेर खानु नहुने औंल्याउँदै डा. ओम भन्छन्, 'नुन पटक्कै नखाएर उच्च रक्तचाप घटाउनु राम्रो मानिन्न । दिनहुँ तीन ग्रामदेखि पाँच ग्रामसम्म खान मिल्छ । तर यसबाहेक अतिरिक्त खानु हँुदैन ।' नुन खाँदै नखाएर रक्तचाप घटाउने प्रक्रियाले शरीरलाई उल्टै नोक्सान गर्न सक्ने उनी बताउँछन् । प्रत्येक दिन फलफूल दुई पटक, तरकारी तीन पटक खाने गर्नाले रक्तचाप नियन्त्रणमा राख्न सहयोग मिल्ने उल्लेख गर्दै उनी फास्ट फुड लगायत उच्च मात्रामा नुन भएको पि्रजरभेटिभ राखिएको बट्टामा भएका खानेकुराहरूबाट जोगिने सल्लाह दिन्छन् ।
छाती कसरी दुख्दा चिकित्सककहाँ पुग्ने डा. रावतका अनुसार मधुमेह, उच्च रक्तचाप, धूमपान, उच्च कोलेस्ट्रोल, मुटु रोग भएको पारिवारिक इतिहास भएका र उमेरको चार दशक नाघिसकेकाहरूलाई भर्याङ चढ्दा, वा गर्हौं काम गर्दा छातीमा फरक प्रकारको असजिलोपन, पीडा, जलन, भारीपन भयो र आराम गर्दा सन्चो अनुभव हुन्छ भने चिकित्सककहाँ गइहाल्नुपर्छ ।
'यस्तो पीडा घाँटीदेखि नाइटोसम्म कुनै पनि भागमा हुन सक्छ,' डा. रावत भन्छन् । अचानक छाती भारी हुने, डल्लो पर्ने वा अत्यधिक पीडा हुने, पसिना आउने, एक्कासि मन डराउने, स्वाँस्वाँ हुने गरे तुरुन्त दुई चक्की एस्पि्रन खाएर चिकित्सककहाँ जानुपर्छ ।
नियन्त्रणका उपाय
- धूमपान र मद्यपान नगर्ने
- मोटोपना घटाउने
- नुन दिनहुँ एक चम्चाभन्दा बढी नगर्ने
- पसिना बग्ने गरी नियमित व्यायाम गर्ने
- खानामा क्याल्सियम, पोटासियम र म्याग्नेसियमको मात्रा बढाउने
- दिनहुँ राम्ररी निदाउने
- तनावबाट जोगिने
- बिहानबिहान घुम्ने
- सकारात्मक सोच राख्ने
Sports
बौद्ध र पुलिस एनसेल कप फुटवलको क्वाटरफाइनलमा
१३ असोज, काठमाण्डौ । बौद्ध र नेपाल पुलिस क्लब राजधानीमा...
प्रिमियर लिग फुटबलमा चेल्सीद्धारा आर्सनल पराजित
१३ असोज, काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले...
महिला क्रिकेटमा बैतडीको लगातार दोस्रो जित
१३ असोज, काठमाडौं । पोखरामा जारी महिला राष्ट्रिय टी-२०...
Politics
मन्त्रीले ठमेलमा भित्ता चढेपछि….
काठमाडौं, असोज १० - पर्यटन मन्त्री पोस्टबहादुर बोगटी आज...
कारबाहीबाट जोगिन प्रधानमन्त्रीपत्नीको शरणमा
काठमाडौं, असोज ६ ।गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणमा मुछिएका...
पूर्व राजाको धौलागिरिमा भव्य स्वागत
पोखरा, ६ असोज । पश्चिमाञ्चलको धार्मिक भ्रमणका क्रममा आज...
पूर्वराजा ५ लाख तिरेर फिस्टेल लजमा बस्दै (फोटो फिचर र भिडियोसहित)
समुन्द्र पौडेल/मनोज अधिकारी, तनहुँ/पोखरा, असोज ५ -...
International News
शर्लिन चोपडाको सेमि नग्न भिडियो आफ्नै वेबसाइडमा
नग्न तस्बिर टि्वटरमा अपलोड गरेर चर्चामा आएकी भारतीय मोडल...
बालिका मात्रै होइन, बालकसँग पनि यौन सम्पर्क गर्ने गद्दाफी
एजेन्सी, आश्विन । अरेबियन राष्ट्र लिवियामा ४२ वर्षसम्म शासन...
६ वर्षीय बालिकाको बलात्कारपछि हत्या
एजेन्सी, आश्विन १२ । भारतको मध्यप्रदेश प्रान्तको एक प्रमुख...
अश्लिल फिल्म देखाएर स्कुले किशोरीहरुलाई बलात्कार
फ्रान्सेली पत्रकारले लिवियाका तानाशाह मुअम्बर गद्दाफीले...
श्रीमतीलाई खुसी राख्ने केही टिप्स
तारिफ गर्नुहोस्हरेक मान्छे प्रशंसाको भोको हुन्छ । आफ्ना...
आमालाई साक्षी राखेर सम्भोग
सम्भोगको विषमा धेरै चर्चा गरिन्छ यति मात्रै होइन की...
Horoscope
तपाईंको आजको राशिफल - 2012-September-26
२०६९ साल असोज १० गते बुधवार, एकदशी। Aries: मेष राशी (चु,...
आजको राशिफल २०६९ साल असोज २ गते,18 Sep-2012
आज मिती २०६९ साल असोज २ गते मंगलबार, तदअनुसार...
आजको राशिफल, असोज १ २०६९ ,17 August 2012
आज मिती २०६९ साल असोज १ गते सोमबार, तदअनुसार...
राशिफल, भाद्र ३१ गते आईतबार
आज मिति २०६९ साल भाद्र महिनाको ३१ गते आईतबार,सेप्टेम्बर...
National News
National Newsdipak.anjan@nepali copy paste dot com
यति
एयरलाइन्सको विमान चरासँग ठोकियो
पोखरबाट काठमाडौंका लागि उडेको यति एयरलाइन्सको विमान चरासँग...
जहाज दुर्घटनामा ज्यान गुमाउनेको पहिचान गर्न एक महिना
लाग्ने
१३ असोज, काठमाण्डौं । सिता एअरको विमान दुर्घटनामा परी ज्यान...
बिदेस पठाउने नाउमा छ महिनादेखि बन्दक र यौनसोषण - फोटो सहित
कास्कीकी चन्दा (नाम परिवर्तन) लाई काठमाडौं आउँदा लागेको...
Health
अब
जांचबाट थाहा हुन्छ तपाइँ कति बाँच्नुहुन्छ !
यदि तपाइँ आफु कति बर्ष बाच्दछु भन्ने थाहा पाउन चाहनुहुन्छ,...
स्वस्थ्य बच्चा जन्माउनलाई कस्तो आशनको सहवास
उपयुक्त.....
एजेन्सी, आश्विन १५ । छिमेकीमुलक भारतको वारणासीस्थित...
पुरुष महिलाका स्तनमा आकर्षण किन हुन्छन ?
कुनैपनि पुरुषको पहिलो नजर महिलाको वक्षस्थलमा जान्छ, यो कुरा...
Crime News
मृत्यु भैसकेकाहरूको समेत फेसबुक आइडी
फेसबुक नशाकिसानदेखि व्यापारीसम्म, विद्यार्थीदेखि...
बोक्सीको आरोपमा एक महिला माथि कुटपिट
वीरगन्ज,असोज । बोक्सीको आरोपमा बारा जिल्लाको...
६
वर्षीय बालिकाको बलात्कारपछि हत्या
एजेन्सी, आश्विन १२ । भारतको मध्यप्रदेश प्रान्तको एक प्रमुख...
मैले अझसम्म यौन सम्पर्क गरेकी छैन - नायिका एञ्जिला
कार्की
टेलिसिरियल हुँदै सिने क्षेत्रमा प्रवेश गरेकी नायिका तथा...
अश्लिल फिल्म देखाएर स्कुले किशोरीहरुलाई बलात्कार
फ्रान्सेली पत्रकारले लिवियाका तानाशाह मुअम्बर गद्दाफीले...
आमालाई साक्षी राखेर सम्भोग
सम्भोगको विषमा धेरै चर्चा गरिन्छ यति मात्रै होइन की...भारतमा वेश्यालय संचालक चारैजना नेपाली युवतीकोठामा छिरेका युवकहरु युवती छान्दै
वेश्यालयमा नेपाली युवती क्रिम, पाण्डर र लाली घस्दै ए भाई...तीन बर्षमा जम्मा १५ दिन अस्पताल आउने डाक्टर
सदस्यता लें
टिप्पणियाँ (Atom)






























