मृत्यु भैसकेकाहरूको समेत फेसबुक आइडी
फेसबुक नशा
किसानदेखि व्यापारीसम्म, विद्यार्थीदेखि शिक्षकसम्म, कलिला हातदेखि विद्वत् वर्गसम्म अलपत्र बेरोजगारदेखि पत्रकारसम्म हरेक वर्गका लागि एउटा अत्यावश्यक नशा बनेको छ फेसबुक। यसको लत कतिसम्म हानिकारक हुन्छ भन्ने कुरा बारम्बार सार्वजनिक भैरहे पनि एउटा घटनाले त्यसलाई थप स्पष्ट पार्छ। ३१ वर्षीया ताइवानी महिला क्लेयर लिन फेसबुकमा आफ्ना साथीहरूसँग गफ गर्दागर्दै धूवाँमा निसास्सिएर आत्महत्या गरिन्। ती महिलाले आफ्नो कोठामा स्टोभ बलिरहेको र धूवाँमय कोठाको तस्बिर समेत फेसबुकमा अपलोड गरेको बताइएको छ। उनले फेसबुक च्याटमा म मर्ने बेलासम्म पनि मलाई फेसबक चाहिन्छ भन्ने स्टाटस राखेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
किसानदेखि व्यापारीसम्म, विद्यार्थीदेखि शिक्षकसम्म, कलिला हातदेखि विद्वत् वर्गसम्म अलपत्र बेरोजगारदेखि पत्रकारसम्म हरेक वर्गका लागि एउटा अत्यावश्यक नशा बनेको छ फेसबुक। यसको लत कतिसम्म हानिकारक हुन्छ भन्ने कुरा बारम्बार सार्वजनिक भैरहे पनि एउटा घटनाले त्यसलाई थप स्पष्ट पार्छ। ३१ वर्षीया ताइवानी महिला क्लेयर लिन फेसबुकमा आफ्ना साथीहरूसँग गफ गर्दागर्दै धूवाँमा निसास्सिएर आत्महत्या गरिन्। ती महिलाले आफ्नो कोठामा स्टोभ बलिरहेको र धूवाँमय कोठाको तस्बिर समेत फेसबुकमा अपलोड गरेको बताइएको छ। उनले फेसबुक च्याटमा म मर्ने बेलासम्म पनि मलाई फेसबक चाहिन्छ भन्ने स्टाटस राखेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
यसका अतिरिक्त अस्ट्रेलियामा फेसबुक चलाइरहेका बखत किचकिच गरेको भन्दै एक महिलाले आफ्नै नाबालक छोरीको हत्या गरेकी थिइन्। यस्ता घटनाबाट पनि बुझिन्छ कि फेसबुकको लत कस्तो हुन्छ? यति मात्र होइन, फेसबुकको नशाबाट मुक्ति दिलाउने विभिन्न उपायसमेत सार्वजनिक भैसकेका छन्।
फेसबुकमा देखिएका विकृति
अनैतिक तथा असान्दर्भिक कुरा ट्याग गरेर बेइज्जति गर्नेदेखि अश्लील तस्बिरहरूसमेत अर्काको वालमा राखिदिने गरेको पाइन्छ। यस्तो कार्यले गर्दा परिवारमा वसेर समेत फेसबुक खोल्न नमिल्ने बेला आइसकेको छ। कपी पेष्ट गर्दै सेलीब्रेटीहरूकोे तस्बिरमा कुकुर, हात्ती इत्यादिको तस्बिरसँगै जोड्नेजस्ता कार्यले गर्दा फेसबुककै बेइज्जत भएको छ।
समयको नाश र आवश्यकभन्दा बढी च्याटले गर्दा आपसी सम्बन्धमा समेत तुषारापात भएका कैयौं घटना सार्वजनिक भैरहेका छन्। यसका अतिरिक्त कैयौं आत्महत्याको बाटोतर्फ पनि डोरिएका छन्।
फेक आइडीको बाढी
आफ्नो स्वार्थपूर्तिका लागि अरूको चरित्रमाथि खेलबाड गर्ने उद्देश्यले फेक आइडी बनाइन्छ। यस्ता फेक आइडीले विशेष गरी सेलीब्रेटी वा चर्चित व्यक्तिहरू मर्कामा पर्ने गरेका छन्। कतिसम्म हुन्छ भने आफ्नो नाममा फेक आइडी बनाएर पाँच हजार साथी बनाइसक्दा समेत स्वंय व्यक्तिलाई भने थाहा हुँदैन। यसको गतिलो उदाहरण हो नेपाली चलचित्रका महानायक राजेश हमालको फेसबुक आइडी। उनको नाममा सयभन्दा बढी फेक आइडी छन् तर उनी आफैं भने त्यसबाट बेखबर रहेको बताउँछन्।
फेक आइडी बनाएर आफ्ना गर्लफ्रेन्ड/ब्वाइफ्रेन्डको चियोचर्चा गर्ने तथा श्रीमान्/श्रीमतीले एक-अर्काको छड्के गर्नेसम्मको प्रवृत्ति देखिएका छन्। केटीको नाममा फेक आइडी बनाएर झुक्याउनेहरूको जमात त अझ बाक्लो छ।
मृत्यु भैसकेकाहरूको समेत आइडी
मृत्यु भैसकेका कैयौं व्यक्तिको समेत आइडी संचालनमा हुन्छन्। अपत्यारिला भए पनि रमाइलो वा ठट्टाका लागि यस्तो आइडी प्रयोग गर्ने गरे को पाइन्छ। स्व.गिरिजाप्रसाद कोइराला, गौतम बुद्ध, महात्मा गान्धी आदिका नाममा यस्ता आइडी बनाइएका छन्।
को-को पीडित छन् फेक आइडीबाट?
नायक श्रीकृष्ण श्रेष्ठको फेसबुक फ्यान ५ हजार पुगेको छ तर उनलाई त्यो कुरा थाहै थिएन। उनी आफूले फेसबुकमा आइडी नै नखोलेको बताउँछन्। राजेश हमालको नाममा सयभन्दा बढी आइडी छन्। करिष्मा मानन्धर फेसबुकले युवाहरूको पढाइ र प्रगतिमा बाधा पुर्याउने गरे को बताउँछिन् तर उनको नाममा पनि यस्ता थुप्रै आइडी छन्।
रेखा थापाको पनि धेरै फेसबुक एकाउन्ट छ जहाँ सबैमा लगभग पाँच हजारजति प्रशंसक छन्। निखिल उप्रेती, हास्यकलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ, प्रधानमन्त्री डा. बाबुराम भट्टराई, केपी ओली, प्रचण्ड, झलनाथ खनाल, रामचन्द्र पौडेल, गायिका अन्जु पन्तको नाममा पनि फेक आइडी बनेका छन्।
पछिल्लो समय नायक आर्यन सिग्देल त अझ बढी पीडित छन् फेसबुकबाट। नायिका सुष्मा कार्की र केकी अधिकारी पनि छुटेका छैनन् फेक आइडीबाट। हास्यकलाकार सीताराम कट्टेल (धुर्मुस) भन्छन्- एउटाले मेरो नक्कली आइडी बनाएर केटीहरूलाई आई लभ यू म्यासेज गर्दो रहे छ।
समाचारका लागि फेसबुक
आफ्ना लेख-रचना तथा समाचारहरू फेसबुकको वालमा झुन्ड्याउनु लेखक पत्रकारहरूको धर्म नै हो। यसका साथै कुनै ठाउँमा केही घटना हुनासाथ फेसबुकमा अपडेट हुन थालेपछि समाचारको प्रवाह समेत छरितो हुन थालेको छ। समाचार संकलन तथा निर्देशनका लागि समेत गतिलो साधन बन्ने गरेको छ फेसबुक। कुनै संचारगृहमा पुग्नुभन्दा पहिले फेसबुकमा समाचार अपडेट भैसकेको हुन्छ, जसले विश्व घटनाक्रम वुझ्नसमेत सजिलो भएको छ।
जस्तोसुकै स्टाट्समा पनि लाइक
फेसबुकका राखिएका पोष्टहरूमा आफ्नो अभिव्यक्ति दिने र लाइक गर्ने कुरामा देखिएको एउटा त्रुटि हो- जस्तोसुकै स्टाटसमा पनि लाईक गर्ने प्रवृत्ति। मृत्यु भएको, कुनै घटना घटेको, घाइते भएको, दुव्र्यवहार गरेको, कारबाही गरेको जस्ता स्टाटस पोष्ट हुँदा पनि लाइक गर्नेहरू हुन्छन्, जसले स्टाटस राख्ने व्यक्तिको मनमा चिसो पस्छ। लाइक गर्नेले स्टाटस मन परेर होइन कि कमेन्ट गरेन भन्ला वा लाइक पनि गरेन भन्ला भन्ने भावले लाइक गरेको हुन सक्छ तर यसले स्टाट्स राख्नेलाई मार पर्छ। त्यसैले स्टाटस राख्दा र त्यसमा लाइक तथा कमेन्ट गर्दा विशेष ध्यान पुर्याउनु आवश्यक छ।
रोचक तथ्यहरू
- सन् २००४ पछि सुरु भएको फेसबुक विश्वमै गुगलपछि धेरै हेरिने साइट हो।
- यसका ८० करोड सक्रिय प्रयोगकर्ता छन्।
- एक प्रयोगकर्ताका सरदरमा १ सय ३० जना साथी छन्।
- फेसबुकमा एक दिनमा कम्तीमा २५ करोड तस्बिर अपलोड हुन्छन्।
- यो ७० भन्दा धेरै भाषामा उपलब्ध छ।
- ७५ प्रतिशतभन्दा बढी प्रयोगकर्ता संयुक्त राज्य अमेरिकाभन्दा बाहिरका छन्।
- फेसबुकमा ७० लाखभन्दा बढी एप्लिकेसन उपलब्ध छन्।
- ३५ करोड प्रयोगकर्ता मोबाइलबाट फेसबुक चलाउँछन्।
- यदि फेसबुकलाई देश मान्ने र प्रयोगकर्तालाई त्यसको नागरिक मान्ने हो भने जनसंख्याको हिसाबले यो चीन र भारतपछिको दोस्रो ठूलो मुलुक हुन्छ।
- एक दिनमा एक जना प्रयोगकर्ताले ५५ मिनेट फेसबुक चलाउँछन्।
- फेसबुकले सन २००० मा मात्र २ अर्ब डलर कमाएको थियो।
- चीन, भियतनाम, इरान, उज्जेकिस्तान, पाकिस्तान र सिरियामा फेसबुक प्रतिबन्धित छ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें