फन्टासीको मामिलामा महिला र पुरुष एकअर्काभन्दा कम छैनन् । तर यौन प्रसंगमा दुवैको फन्टासीमा धेरै अन्तर आउँछ । एउटा अनुसन्धानअनुसार यौनक्रियाका बेला महिलाहरू बढी कल्पनाशील हुन्छन् । तर, पुरुषहरूको सन्दर्भमा यस्तो हुँदैन । अनुसन्धार्ताहरू के भन्छन् भने महिलाहरू यौनक्रियाका बेला यौनसम्बन्धी फन्टासीमा हराउँछन् । यसो गर्नाले उनीहरूलाई बढी सन्तुष्टि हासिल हुन्छ । साथै, महिलाको आफ्नो साथीप्रति झुकावसमेत बढ्छ । अनुसन्धाताहरूका अनुसार पुरुषका बारेमा विपरीत तथ्य फेला पर्ने गरेको छ ।
सेक्सुअल फन्टासीमा रमाउने पुरुषहरू रोमान्टिक सम्बन्धबाट कम सन्तुष्ट रहने गरेका छन् । मन भड्किए बढ्छ यौन हार्मोन बुबा बनेपछि पुरुषको स्वभावमा परिवर्तन आउँछ नै, उनीहरूको यौन हार्मोनसमेत प्रभावित हुन्छ किनभने बुबा बनेपछि पुरुषहरूले अरू महिलातिर चासो लिन र मन बराल्न छोड्छन् । अनुसन्धानमा पाइएअनुसार पितृत्वले पुरुषमा टेस्टोस्टेरोन हार्मोनको स्तर आधाघटाउँछ । तर जो पुरुष सन्तान भए पनि अरू महिलातर्फ आकषिर्त हुन्छन्, उनीहरूको यौन हार्मोनको स्तर बढ्दै जान्छ । यो तथ्य पत्ता लगाउन वैज्ञानिकहरूले पाँच वर्षसम्म ६ सय पुरुषबारे अनुसन्धान गरे । यो अवधिमा सबै पुरुष आफ्ना श्रीमती र सन्तानसँगै बसिरहेका थिए । वैज्ञानिकहरूले के पाए भने पिता बन्नुअघि पुरुषमा टेस्टोस्टेरोनको स्तर धेरै बढी थियो । तर पिता बनेपछि त्यो स्तर घट्दै गयो । सन्तान जन्मेपछि पनि श्रीमतीप्रति लापरबाह हुन्छन् र धेरै महिलासँग सम्बन्ध राख्छन्, त्यस्ता पुरुषमा टेस्टोस्टेरोनको स्तर बढी पाइएको थियो ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें